केही दिनमै नयाँ सरकार बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने बताएका छन् । प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने बताए ।
माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको बताए । कांग्रेसले सरकारको नेतृत्व गर्ने अग्रसरता लिएको र जसपा पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उनले भने, अबको केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने बताए । उनले एमालेको एक पक्षसँग मोर्चा भईरहेको पनि बताए । कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्र्नुपर्ने बताएका दाहलले राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग मोर्चा बन्नसक्ने सम्भावना औल्याए ।
नेपाल पत्रकार महासंघमा आफूहरुकै अग्रसरतामा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको भन्दै उनले ओलीलाई चौथो नम्बरमा पु¥याइएको बताए । आउने चुनावमा राम्रोसँग मोर्चा बनायौं र इमान्दार भयौं भने केपी ओली चौथो नम्बरमा पुग्ने उनले बताए ।















बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया