सप्ताहव्यापी अभियानमा ७९ सय पशुलाई खोप
मेरोन्यूज
२०८१ भदौ १ गते १५:०६

बागमती । लम्पी स्कीन विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा ७१ हजार नौ सयबढी पुशमा खोप लगाइएको छ । प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत साउन २४ गतेदेखि ३२ गतेसम्म खोप अभियानमा सञ्चालन गरेको थियो ।
अभियानमा प्रदेशका विभिन्न जिल्लाका ७१ हजार नौ सय ८७ पुशचौपायालाई खोप लगाइएको मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका पशु सेवा अधिकृत डा सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार सप्ताहव्यापी अभियानका क्रममा सबैभन्दा बढी चितवनमा १० हजार दुई सय १९ र सबैभन्दा कम सिन्धुपाल्चोकमा एक हजार तीन सय दुई पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको हो ।
चालु आर्थिक वर्षमा ७६ हजार दुई सय ७५ पशुचौपायालाई लम्पी स्कीन विरुद्धको खोप लगाउने लक्ष्य रहेको जनाउँदै डा अधिकारीले अभियानको सुरुमा नै ७१ हजार नौ सय ८७ मा खोप लगाइएको बताए।
सम्बन्धित
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया