प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु

बनियानी (झापा) । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेका हुन् । अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताए । “भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उनले भने, “त्यसैले ओपिडी सेवा मात्र सुरु गरेका हौँ ।” उनले केही सामग्री खरिद गरिए पनि त्यो अपर्याप्त भएको बताए । पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उनको भनाइ छ ।
नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रु दुई करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खड्काले बताए ।
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया