एक खर्ब तरलता उठाउँदै राष्ट्र बैंक
मेरोन्यूज
२०८१ भदौ २ गते १३:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । २१ दिनका लागि राष्ट्र बैंकले तान्ने यो रकम भदौ २३ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकहरूलाई यसका लागि बोलकबोलमा भाग दिन आग्रह गरेको छ ।
यसअघि राष्ट्र बैंकले साउन ३० गते ४० अर्ब रकम संकलनको आह्वान गर्दा बैंकहरूले २५ अर्ब ८० करोड रकम राख्न प्रस्ताव हालेका थिए ।
राष्ट्र बैंकले उक्त समय २३ अर्ब ६० करोड उठाएको थियो । बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदर माग गरेका थिए ।
गत साउन ३१ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैंकमा बैंकहरूले विभिन्न उपकरणमार्फत् राखेको तीन खर्ब १२ अर्ब रूपैयाँ पाउन बाँकी छ ।
सम्बन्धित










साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ताेलाकाे ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया