रास्वपाका सहमहामन्त्री आचार्यसँग सहकारी छानबिन समितिले लियो बयान
मेरोन्यूज
२०८१ भदौ २ गते १५:२५

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनबारे रास्वपा सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा आचार्यकाे नाम पनि मुछिएकाे छ । सहकारीबाट ०७८ पुस १२ गते उनका नाममा एक करोड ५६ लाख १५ रुपैयाँ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरिएको आरोप छ ।
उनले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ । पछिल्लो समय सरोकारवाला निकायसँगै संसदीय समितिले सहकारी ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर समेत समितिले निरन्तर छलफल गरिरहेको छ ।
सम्बन्धित
















पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया