रास्वपाका सहमहामन्त्री आचार्यसँग सहकारी छानबिन समितिले लियो बयान
मेरोन्यूज
२०८१ भदौ २ गते १५:२५

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनबारे रास्वपा सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा आचार्यकाे नाम पनि मुछिएकाे छ । सहकारीबाट ०७८ पुस १२ गते उनका नाममा एक करोड ५६ लाख १५ रुपैयाँ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरिएको आरोप छ ।
उनले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ । पछिल्लो समय सरोकारवाला निकायसँगै संसदीय समितिले सहकारी ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर समेत समितिले निरन्तर छलफल गरिरहेको छ ।
सम्बन्धित












जङ्गल फाँडेर सुन्तलाखेती विस्तार
TikTok reveals Nepal’s top searches in 2025
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया