भद्राभित्र रक्षाबन्धन-जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौँ। भोलि जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व । भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडि १९ पला रहेको छ । घण्टा– मिनेटअनुसार त्यस दिन दिउसो १: ३१ बजेसम्म भद्रा परेकाले भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीत धारण गर्न हुने वा नहुने सम्बन्धमा सर्वसाधारणको चासो उत्तिकै रहेको छ।
यसैबीच धर्मसंस्कृति जानकारहरुले भने भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीतका गर्न रोकिन नपर्ने बताएका छन् ।
यता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राष्ट्र प्रमुख एवम् विशिष्ट व्यक्तिहरूका लागि भने गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पूजादि गर्न हुने तर रक्षा सूत्रमात्र बाँध्न नहुने भन्दै भद्रापछि बाँध्नु उचित हुने बताएको छ ।
‘भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा । श्रावणी नृपतिं हन्ति ग्रामं दहति फाल्गुनी ।” शास्त्रीयवचन उल्लेख गर्दै समितिले भनेको छ । ”भद्रामा श्रावणी सम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ । यहाँ नृपतिको अर्थ राजा, राष्ट्रप्रमुख राज्यसञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तित्वहरूको बोध हुन्छ ।”
समितिले विज्ञप्तिमा उल्लेख गरेको शास्त्रीयवचन कुन वेद, उपवेद वा पुरणामा उल्लेखित हो ? भन्ने विषय भने स्रोत खुलाएको छैन ।

















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया