अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा पर्यो : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०”ले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको उनले बताए ।
उनले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चम बजेट कम गर्न सुझाव दिए ।
उनले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परोको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया