कमला नदीमाथि पुल निर्माणको माग गर्दै आमरण अनशन

जनकपुरधाम । कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि युवाहरु आमरण अनसनमा बसेका छन्।
मंगलबार इन्जिनियर प्रविणकुमार यादवको नेतृत्वमा सिरहाको सिरहा नगरपालिका र औरही गाउँपालिकाका १० जना स्थानीय तथा जनप्रतिनिधि पुल निर्माणको माग गर्दै आमरण अनसनमा बसेका हुन्।
इन्जिनियर यादवले गत असार २७ गते मुख्यमन्त्रीलाई ७ दिने अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएकोमा त्यसमा सरकारले चासो नदिएपछि अनसनमा बसेको बताए। आठौँ दिन बित्नलाग्दासमेत कुनै पहल नभएपछि आफूहरु बाध्य भएर अनसनमा बसेको उनको भनाइ छ।
हुलाकी राजमार्गअन्तर्गत निर्माण भएर भत्केको पुल विवादित रहेको र सो पुलमा धेरै त्रुटि रहेको भन्दै उनले १० वर्षमा समेत पुलको निर्माण नहुने टिप्पणी गरे।
यादवले भत्केको पुल निर्माणमा १५ करोड रुपैयाँ लाग्ने भएकोले बीमा कम्पनीले दिने कि ठेकेदारले दिने भन्ने विवाद अहिलेसम्म नसल्टिएको र सल्टिने अवस्थासमेत नरहेको बताए।
‘प्रदेश सरकार भइसकेपछि त्यसपछि पनि बारम्बार केन्द्र सरकारमै जानुपरे प्रदेश सरकारको के काम छ? कल गडाउने र मन्दिर बनाउने?’, उनले अगाडि भने, ‘गत वर्ष १४ अर्ब रकम फ्रिज भयो। सो रकममा १४ वटा पुल बन्थ्यो। त्यो सानोतिनो पुल पनि होइन। एउटा पुलले गर्दा २० लाख मानिस प्रभावित छ।’
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया