माओवादी प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि
मेरोन्यूज
२०८१ भदौ ५ गते ९:१३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ । बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।
बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए । उक्त बिहीबार बैठक सम्पन्न हुनेछ । परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा असोज ३ गतेसम्म चल्नेछ ।
सम्बन्धित













अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया