बुढासुब्बामा भक्तजनको घुइँचो

धरान (सुनसरी)। बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढासुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो ।
विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागे लगत्तै आएको बताए । इलामका अतित तामाङ पनि सुमना जस्तै बुढासुब्बाको भाकल पुरा गर्न आएको बताउछन् ।
बलि चढाउन खुल्ला गरेसँगै बुढासुब्बामा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । बुढासुब्बामा भाले र गौरिनी मातालाई पोथी वा पोथी नभए अण्डा चढाउने परम्परा छ ।
मन्दिर नजिकै फूलमाला बेच्दै आउनुभएका प्रेम पराजुली साउनमा एक महिना बलि चढाउन बन्द गरिएकाले साउन सकिएसँगै भक्तजनको भीड लागेको बताउछन् । भक्तजनको भीड बढेपछि फूलमाला व्यापारीको व्यापार वृद्धि भएको उनले बताए। बुढासुब्बा नजिकै ७० भन्दा बढी फूलमाला व्यापारी छन ।
बुढासुब्बाका पुजारी डम्बर आलेमगरका अनुसार बलि चढाउन र भाकल बुझाउन मात्र पाँच हजारभन्दा बढी भक्तजन दैनिक आउने गरेका छन् । उनले भने, “एक महिना बलि चढाउन र काटमार बन्द थियो । भदौ लागेपछि बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।”
साउन महिना, सोह्र श्राद्ध, एकादशी, कृष्णअस्टमी, स्वस्थानीपूर्णिमा, रामनवमीलगायतका बेला बुढासुब्बामा बलि चढाउन बन्द गरिने प्रचलन छ ।
















कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया