सेयर बजारमा सामान्य वृद्धि, झण्डै १९ अर्बकाे काराेबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अंकले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५९, विकास बैंक शून्य दशमलव ७२, वित्त चार दशमलव ९९, लगानी शून्य दशमलव १२ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बीमा शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र लघुवित्त शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
त्यसैगरी, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६८ र व्यापार समूह दुई दशमलव ०९ प्रतिशतले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार एक सय ३० कित्ता शेयर किनबेच भएको छ ।
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया