अरशदले प्रभासलाई जाेकर भनेपछि…
मेरोन्यूज
२०८१ भदौ ५ गते १६:४५

काठमाडौँ । बलिउड अभिनेता अरशद वारसी विवादमा परेका छन् ।
हालै फिल्म ‘कल्की’मा प्रभासको अभिनयमाथि टिप्पणी गरेपछि अभिनेताको चौतर्फी आलोचना भइरहेको हो ।
वास्तवमा अरशदले हालै एक पोडकास्टमा ‘कल्की’ फिल्मको बारेमा राय दिने क्रममा प्रभासको अभिनयमाथि भद्दा टिप्पणी गरेका थिए ।
होस्टले अरशदलाई उनले हेरेको पछिल्लो फिल्म कुन थियो भनि सोधेका थिए । जवाफमा उनले ‘कल्की’ बताउँदै अमिताभ बच्चनको तारिफ गरेका थिए। तर प्रभासको अभिनयमा प्रश्न उठाउँदै अरशदले भनेका थिए, ‘ प्रभास, म साँच्चै दुखी छु, उनी किन जोकर जस्तो भए ? किन ?’
अरशदकाे यस्ताे अभिव्यक्तिसँगै प्रभासका फ्यान उनिमाथि खनिएका छन् ।
‘कल्की’मा प्रभास-अमिताभसँगै दीपिका पादुकोण, कमल हासन र दिशा पटानी पनि थिए।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया