बिहीबार, जेठ १, २०८२

अभिनेता विपिन कार्कीलाई मातृशोक

मेरोन्यूज २०८१ भदौ ६ गते १०:१५

काठमाडौँ। अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

विपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

आमा बिरामी भएपछि विपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन बीचमै छाडेर काठमाडौँ आएका थिए । 

प्रतिक्रिया