रौतहटमा करिब १६ किलो गाँजा बरामद

रौतहट । सशस्त्र प्रहरीको टोलीले गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बालचनपुर स्थित एक घरबाट झन्डै १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
सुराकीको आधारमा सशस्त्र प्रहरी बल नम्वर ११ गणबाट डिएसपी भरत विसीको कमाण्ड र इलाका प्रहरी कार्यालय चन्द्रपुको संयुक्त टोलीले बुधवार साँझ बालचनपुर स्थित गौतम साहको घरमा भाडा लिएर बसेका गौर नगरपालिका ६ सबगढाका कविलासी साहको कोठामा छापा मारेर ३ पोका १५ किलो ९६० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो ।
कविलासी साह रोजगारीको शिलशिलामा भारतको पञ्जावमा रहेको उनको श्रीमती ललिता साह बस्दै आएको कोठाबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले बताएका छन्।
प्रहरी टोलीलाई हेरेर आरोपी ललिता साह फरार भएको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएसपि राजकुमार राईले बताएका छन्। बरामद गाँजा इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया