रौतहटमा करिब १६ किलो गाँजा बरामद

रौतहट । सशस्त्र प्रहरीको टोलीले गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बालचनपुर स्थित एक घरबाट झन्डै १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
सुराकीको आधारमा सशस्त्र प्रहरी बल नम्वर ११ गणबाट डिएसपी भरत विसीको कमाण्ड र इलाका प्रहरी कार्यालय चन्द्रपुको संयुक्त टोलीले बुधवार साँझ बालचनपुर स्थित गौतम साहको घरमा भाडा लिएर बसेका गौर नगरपालिका ६ सबगढाका कविलासी साहको कोठामा छापा मारेर ३ पोका १५ किलो ९६० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो ।
कविलासी साह रोजगारीको शिलशिलामा भारतको पञ्जावमा रहेको उनको श्रीमती ललिता साह बस्दै आएको कोठाबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले बताएका छन्।
प्रहरी टोलीलाई हेरेर आरोपी ललिता साह फरार भएको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएसपि राजकुमार राईले बताएका छन्। बरामद गाँजा इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया