साफ यू-२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
मेरोन्यूज
२०८१ भदौ ६ गते १७:३८

काठमाडौं। नेपाल समूह विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो।
पहिलो हाफको १५ औँ मिनेटमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको थियो। निराजन धामीको गोलमा नेपालले अग्रता बनाएको थियो। लगत्तै १६ औँ मिनेटमा समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।
बंगलादेशले १ गोल फर्काएपनि पुनरागमन गर्न सकेन।
हारका बावजुद पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ। समूह ए बाट दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ।
नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेता टोलीसँग खेल्नेछ। बंगलादेशले भने समूह ए को विजेतासँग खेल्नेछ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो।
सम्बन्धित













महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया