साफ यू-२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
मेरोन्यूज
२०८१ भदौ ६ गते १७:३८

काठमाडौं। नेपाल समूह विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हरायो।
पहिलो हाफको १५ औँ मिनेटमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको थियो। निराजन धामीको गोलमा नेपालले अग्रता बनाएको थियो। लगत्तै १६ औँ मिनेटमा समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।
बंगलादेशले १ गोल फर्काएपनि पुनरागमन गर्न सकेन।
हारका बावजुद पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ। समूह ए बाट दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ।
नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेता टोलीसँग खेल्नेछ। बंगलादेशले भने समूह ए को विजेतासँग खेल्नेछ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो।
सम्बन्धित
















सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया