कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको ‘इजी लोन’ सुविधाका लागि सम्झौता
मेरोन्यूज
२०८१ भदौ ६ गते २०:३८

काठमाडौं। कुमारी बैंक लिमिटेड र इसेवा लि. बीच इसेवाका ग्राहकहरूलाई इसेवा मोबाइल एप मार्फत ‘इजी लोन’ सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ‘इजी लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ।
इसेवा मार्फत लिइने ‘इजी लोन’ सुविधामा लागू हुने थप सर्तहरूबारे इसेवाको वेबसाइट/एप मार्फत जानकारी लिन सकिनेछ ।
सम्बन्धित
















इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया