स्वास्थ्य बीमाको सुविधा थैली कार्यान्वयनमा

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सुविधा थैली अन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराइने सुविधा थैली अन्तर्गतका सेवा सुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए। बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागू गरिएको हो ।
बोर्डले विज्ञहरूको सुझाव अनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन् । अस्पताल टिकट रु ५० तोकिएको छ । शय्याको प्रतिदिन रु. दुई सय ५० राखिएको छ । यस अघि साधारण शय्याको रु. दुई सय थियो ।
स्वास्थ्य बीमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि रु. तीन हजार पाँच सय बराबरको योगदानका आधारमा रु. एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ ।
यस्तै, थप प्रतिसदस्य रु. सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा रु. दुई लाखसम्म तोकिएको छ ।
बीमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया