नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो
मेरोन्यूज
२०८१ भदौ ७ गते ९:१५

काठमाडौं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।
खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।
फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ । आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सम्बन्धित










पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया