विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् । काठमाडौंको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए ।
गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको विकल्प राप्रपा नेपालसङ्ग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाइ राख्ने बताए ।
संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुककले धान्न नसक्ने भन्दै प्रदेश संरचना आवश्यक नभएको जिकिर गरे । भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे ।
राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शड्ढा नगर्न तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी , उत्तम लामा ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
प्रतिक्रिया