मुकुल ढकाल भन्छन् : रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ

काठमाडौँ । डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिदै आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफुलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् ।
उनले भनेका छन्- ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।’
ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडको बताउदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाएका छन् ।
मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ ।

















आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
देशमा पश्चिमी वायुको आंशिक प्रभाव: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया