ब्राउन सुगर जस्तो पदार्थसहित एकजना पक्राउ
मेरोन्यूज
२०८१ भदौ ११ गते २०:४१

बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा ईलाकाबाट साउन ११ गते ब्राउन सुगर जस्तो पदार्थ सहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सोही महानगरपालिका–१९ रघुनाथपुर बस्ने २५ बर्षिय मन्जर अंसारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले नियन्त्रणमा लिएको हो ।
अंसारीलाई जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरी लुकाई छिपाई ल्याउँदै गरेको ९१.९६० ग्राम ब्राउन सुगर जस्तो पदार्थ फेला परेको हो ।
नियन्त्रणमा लिइएका अंसारीलाई उक्त पदार्थ सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको छ ।
सम्बन्धित
















ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
प्रतिक्रिया