बेरोजगारले रोजगारी पाएकोमा खुसी छुः मन्त्री भण्डारी

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारले रोजगार पाइरहेकामा खुसी व्यक्त गरेका छन् ।
विराटनगरमा आयोजित दुई दिने कोशी प्रदेशस्तरीय प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रमको समापन समारोहमा आज उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले स्वरोजगार कार्यक्रमले रोजगारदाता र रोजगारी खोजी गर्नेबीच पुलको काम गर्ने तथा यसको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारमा पठाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । “बजारमा आवश्यक पर्ने जनशक्तिको खोजी र रोजगारदाताबीच पुलको काम गर्ने यो कार्यक्रमबाट मुलुकका धेरै बेरोजगार नागरिकले रोजगारी पाएका छन् । यसको थप प्रभावकारिताका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ”, उनले भने ।
मन्त्री भण्डारीले सुनसरीको दुहबी नगरपालिका, इटहरी नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा सञ्चालित श्रम सञ्चार पोर्टलका बारेमा जानकारीसमेत लिए । त्यस अवसरमा उनले कोशी प्रदेशमा पहिलो चरणमा ४६ पालिकामा सञ्चार पोर्टल लागू गर्ने र पछि प्रदेशका एक सय ३७ वटै पालिकामा श्रम सञ्चार सुरू हुने बताए। “यस प्रणालीबाट रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीलाई कामको अवसर मिल्ने विश्वास लिएका छौँ । यस प्रणालीलाई चुस्त र दुरुस्त राखी बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुहोला”, मन्त्री भण्डारीको निर्देशन थियो ।
यसका साथै विराटनगरमा निर्माणाधीन श्रम कार्यालयको पनि मन्त्री भण्डारीले निरीक्षण एवं अनुगमन गरेका कार्यालय प्रमुख पुष्प कटुवालले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री रोजगार राष्ट्रिय कार्यक्रमका निर्देशक डण्डुराज घिमिरेको पनि उपस्थिति रहेको थियो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया