माओवादीलाई योगेशको चुनौती : आफ्ना कुकर्मको एक ठाउँमा मात्र जवाफ देऊ

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका नेता कार्यकर्ताले आफूमाथि लगाएको मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै कडा प्रतिवाद गरेका छन् ।
बिहिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले माओवादीलाई आफ्ना कुकर्मको एकै ठाउँमा जवाफ दिन चुनौती दिएका छन् ।
बुधवारको प्रतिनिधि सभामा बाेल्ने क्रममा भट्टराईले माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरु समयमै बन्न नपाएको बताएपछि माओवादी सांसदहरुले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए ।
त्यसयता माओवादी सांसदहरुले संसदमा र कार्यकर्ताले सामाजिक संजालमा योगेशलाई हतियार तस्करलगायतको आरोप लगाइरहेका छन् ।
भट्टराईले यसको जवाफ सामाजिक सञ्जालबाटै फर्काउँदै माओवादीलाई रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौती दिएका हुन् ।
यस्ताे छ उनकाे स्ट्याटस् :
निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने, जनताको सम्पत्ति लुट्ने, बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाउने, रक्तचंदनको तस्करी गर्ने गिटी बालुवाको तस्करी गर्ने तिमीहरूका यी कुकर्मको एक ठाउँमा मात्र जवाफ देऊ । तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाउँमा जवाफ दिन तयार छु ।
तिम्रा धम्की र फरेबले मेरो इमान डगमगाउने छैन ।
कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन ।
चेतना भय !
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
प्रतिक्रिया