महको बजारीकरणका समस्या समाधान गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मौरीपालक किसानका समस्या, महको बजार विस्तार र आयातित महका कारण आन्तरिक उत्पादन खपतमा देखिएको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कृषि मन्त्रालयमा आज चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित मौरीपालक व्यवसायी तथा सरोकारवाला प्रतिनिधिले गरेको भेटमा उनले किसानको अहितमा हुनेगरी कुनै पनि निर्णय नगरिने विश्वास दिलाए ।
“मह नबिकेर थन्किएको बारे मलाई जानकारी भयो, हामी फेरि पनि यस विषयमा सबै निकायलाई बोलाएर बृहत छलफल गर्छौं”, छलफलमा मन्त्री अधिकारीले भने, “मन्त्रालयगत र सरोकार राख्ने निकायबीचको छलफलले एउटा निष्कर्ष दिन्छ ।”
भेटघाटमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मन्त्री अधिकारीलाई नेपाली महको बजारीकरणबिना बाहिरी महको आयात नखोल्न अनुरोध गर्दै कालिका व्यावसायिक मौरीपालनका हिसाबले देशकै उत्कृष्ट नगरपालिका रहेको जानाकारी गराए।
उक्त पालिकामा वार्षिक छ करोडभन्दा बढीको मह उत्पादन हुने गरेको जानाकारी दिँदै प्रमुख रेग्मीले उत्पादित महमध्ये ७५ प्रतिशतभन्दा बढी जङ्गली स्रोतको रहेको बताए।
सो क्रममा नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले नेपाली महको खपतका लागि उचित व्यवस्थापन नगरेसम्म बाहिरको मह आयात गर्न नहुनेमा ध्यानाकर्षण गराए । उनले यदी ल्याउनै पर्ने अवस्था आएमा भन्सारदर बढाउनुपर्नेमा जोड दिए । सो क्रममा मौरीपालक किसानका समस्या समेटेर उनिहरूले मन्त्री अधिकारीलाई धनाकर्षणपत्रसमेत बुझाएका छन् ।
मौरीपालक व्यवसायीका अनुसार सरकारले अहिले मह आयात रोकेकाले स्टक रहेको मह बजारमा जाने क्रम बढे पनि अझै दुई हजार मेट्रिकटन मह घरघरमै थन्किएर बसेको सो क्रममा जानकारी गराइएको थियो ।
आजको छलफलमा कृषि सचिवसहित नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालक केन्द्रीय सहकारी सङ्घ, मह व्यवसायी सङ्घ, डाबर नेपालका प्रतिनिधि तथा मौरी र महसम्बन्धी विभिन्न क्षेत्रमा सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया