बागमती प्रदेशसभा:विषयगत समितिबाट दुई विधेयक पारित

बागमती । बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन दुई विधेयक टुङ्गो लगाएका छन् ।
आज बसेको प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिले दफावार छलफल पश्चात विगत एक वर्षदेखि विचाराधीन प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने गरी टुङ्गो लगाएको हो ।
विधेयकका ३० वटै दफामाथि दफावार छलफल पश्चात सर्वसम्मतबाट उक्त विधेयक पास गरेको समितिका सभापति आनन्दकुमार श्रेष्ठले जानकारी दिए । उक्त विधेयक गत २०८० असोजमै समितिमा दर्ता भए पनि सत्ता परिवर्तन, बजेटलगायत कारणले विधेयकमाथि छलफलअघि बढ्न सकेको थिएन् ।
आजै बसेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफलवार छलफल पश्चात पास गरेको समितिका ठाकुरप्रसाद ढकालले जानकारी दिए । स्वास्थ्य विधेयक लामो समयदेखि समितिका विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभाबित हुँदै आएको थियो ।
भोलि बस्ने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति ढकालले बताए ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया