सोमबार, वैशाख २२, २०८२

आयल निगमका कर्मचारीको हत्याको विरोधमा स्थानीय आन्दोलित

मेरोन्यूज २०८१ भदौ १४ गते २१:१४

काठमाडौँ। नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश बर्माको हत्याको विरोधमा स्थानीय आन्दोलित भएका छन् । 

आज बिहान १० बजे कार्यालयमै कर्मचारी बर्माको सोही कार्यालयका कर्मचारी प्रकाश यादवले विभत्स तरिकाले हत्या गरेका हुन् । हत्यामा संलग्न सबैला नगरपालिका २ का यादव पक्राउ परिसकेका छन् ।

मृतक बर्मा सिरहा नगरपालिका ३ का हुन् । उनका श्रीमती, ५ वर्षीया छोरी र डेढ वर्षका छोरा छन् ।

मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने र अपराधीलाई कडा कारबाहीको माग गर्दै महेन्द्रनगरबासी डिपो अगाडि प्रदर्शन गरिरहेका छन् ।

मृतकको शव पहिले सम्मान घटनास्थलमै छन् । मृतकका छोरा-छोरीलाई शिक्षाको ग्यारेन्टी, उचित राहत र घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग पीडित परिवारको छ ।

प्रतिक्रिया