राहुल द्रविडका छोरा समित भारतको यू-१९ टिममा

काठमाडौँ । भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् ।
शनिबार बिहान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को छनोट समितिले एकदिवसीय र चार दिवसीय टोलीको घोषणा गरेको हो ।
उत्तर प्रदेशका मोहम्मद अमानलाई एकदिवसीय टोलीको कप्तानी दिइएको छ भने मध्य प्रदेशका सोहम पटवर्धनलाई ४ दिने सिरिजमा भारतीय टोलीको कप्तानी दिइएको छ । यो सिरिज २१ सेप्टेम्बरबाट सुरु हुनेछ । जसमा ३ एकदिवसीय खेल पुडुचेरीमा र २ चारदिवसीय खेल चेन्नईमा हुनेछन् ।
दुवै टोलीमा समित द्रविडलाई मौका दिइएको छ । १८ वर्षका फास्ट बलिङ अलराउन्डर समित कर्नाटकको महाराजा ट्रफीमा मैसूर वारियर्सबाट खेलिरहेका छन्, यद्यपि उनको प्रदर्शन खासै रहेन । उनले ७ इनिङ्समा ८२ रन मात्र बनाउन सके । जबकि उनले एकपटक पनि बलिङ गरेका छैनन् । तर, यसअघि उनले कुचबिहार ट्रफीमा ३६२ रन बनाएर १६ विकेट लिएर कर्नाटकलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
















मुस्ताङ एयरको हेलिकप्टर सकुशल
नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय
नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई
सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया