नेपालमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा धेरै होइन् बलिया राजनीतिक दलका आवश्यकता रहेको बताएका छन् । शनिबार नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा प्रज्ञा भवनमा आयोजित गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रममा बोल्दैं महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।
‘नेपालमा धेरै होइन् बलिया राजनीतिक दलको आवश्यकता छ,’ उनले भने, ‘मुलुकको समृद्धिका लागि तीन वटा आधार भिजनरी लिडरसीप, बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व आवश्यक छ ।’ उनले यो सामथ्र्य एमालेमा मात्रै रहेको बताए । ‘त्यसका लागि एमालेलाई बलियो राजनीतिक शक्तिका बनाउन चाहन्छौं,’ महासचिव पोखरेलले थपे ।
मुलुकको मौलिक संस्कृतिमाथि पछिल्लो समय प्रहार भइरहेको बताउँदैं महासचिव पोखरेलले यसले मुलुकलाई नै कमजोर बनाउने भन्दैं चिन्ता व्यक्त गरे । ‘पछिल्लो समय मुलुकको मौलिक संस्कृतिमाथि प्रहार भइरहेको छ, यसले मुलुकलाई कमजोर बनाउँछ,’ उनले भने, ‘जातीय अतिवादी, धार्मिक अतिवादी र धर्मान्तर गम्भीर समस्याका रुपमा देखिएका छन् ।’
यस्ता अतिवादबाट मुलुकको मौलिक संस्कृतिको रक्षा गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए । नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदूरपश्चिममा कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।













आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया