आज चार देशमा प्रस्तावित राजदूतहरूको सुनवाइ हुँदै

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आज पनि हुँदैछ । आइतबारदेखि सुनुवाइ थालेको संसदीय सुनुवाइ समितिले आज इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूलाई बोलाएको हो ।
इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेल राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।जसमा तिमिल्सिना र पण्डितविरुद्ध समितिमा उजुरी परेको छ । समितिका सदस्यहरूले उजुरीहरूमाथि प्रश्न गर्ने र उनीहरूको जवाफ तथा कार्ययोजनामा छलफल गर्ने गर्ने कार्यसूची छ ।
समितिले आइतबार पहिलो दिन चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डा। शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो । सुनुवाइमा प्रस्तावित राजदूतहरूले आ–आफ्ना कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए ।
आज सोमबार दोस्रो दिन इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भइसकेपछि कतारका लागि प्रस्तावित रमेशचन्द्र पौडेल, रुसका लागि प्रस्तावित जंगबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेसँग छलफल गर्ने तयारी छ ।
त्यसपछि दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीलाई सुनुवाइमा बोलाउने समितिको तयारी छ ।
प्रस्तावित सबै राजदूतहरूको सुनुवाइ आठ दिनभित्र सम्पन्न गर्ने योजना छ । सुनुवाइ समितिले नाम अनुमोदन गरिसकेपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया