नयाँ वर्षमा रिचार्जरले ७० प्रतिशत छुटमा ग्याजेट्स उपलब्ध गराउने, मुलुकभर क्यास अन डेलिभरी

काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो ।
देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ ।
अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैमा पाइनेछ । यो अफर भने तोकिएका ब्राण्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसै गरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।
चैत ३० गते सोमबारदेखि आगामी वैशाख २ गतेसम्म चल्ने अफरमा सहभागी सबै ग्राहकलाई गोलाप्रथामा सहभागी गराई आकर्षक उपहार पनि वितरण गरिने ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेड गर्ने योजना बनाउने गरेकाले आकर्षक अफरसहित सेल सञ्चालन गरिएको बताएका ग्लाइडरले यसबाट सेवाग्राहीले लाभ लिन सक्ने बताए ।
किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रक्रिया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शून्य प्रतिशत ब्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । यसका अलावा मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र अन्य सेवाको भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया