एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यबहाक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यबहाक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ ।
सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा कार्यबहाक अध्यक्ष पाण्डे र अवेलीबीच भेटवार्ता भएको हो । उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराए ।
राजदूत अवेलीले क्युबाका जनता असाध्यै कष्ट र संघर्षमा बाँचिरहेका बताए । उनले क्युबाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्वीवाको पक्षमा बोल्न अनुरोध गरे । उनले अमेरिकाले घोषणा गरेको आतंकारी मुलुकको सूचीबाट हटाउनका निमित्त ऐक्यवद्धता जनाउन एकीकृत समाजवादीलाई अनुरोध गरेका छन् ।
एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रुपमा लिएको बताए । पाण्डेले आफूहरु क्युबाली जनताको स्वतन्त्रा, सार्वभौमिकता पक्षामा रहेको बताए ।
साथै, पाण्डेले अमेरिकाले क्युबालाई आतंकारी देशको सूचीमा राख्नु बेठिक रहेको बताए । अमेरिकी सरकारसँग क्युबालाई आतंकारी देशको सूचीमा नराख्न अपिल गरेका छन् । उनले भने, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न, थप घनिष्ठ सम्बन्ध राख्न चाहान्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्वगछौं। शक्तिशाली देश अमेरिको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरुद्ध दृढतापूर्वक शीर ठाडो पारेर लडिरहेकोप्रति गर्वगर्छौं।’
राजदुत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन निरन्तर भिडिरहेको बताए । क्युबाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। भेटमा पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडा, पोलिट्ब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य माधव पन्तलगायतका नेताहरूको सहभागिता थियो ।












आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया