बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला
मेरोन्यूज
२०८१ भदौ १७ गते १८:३८

मकवानपुर । बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बकैया गाउँपालिका–६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय नानिमाया तितुङ मृत अवस्थामा फेला परेकी हुन् ।
आइतबार दिउँसो बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएकी उनको शव आज भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सम्बन्धित











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
प्रतिक्रिया