सरकारका कारण जनता उकुसमुकुस भएका छन्ः वर्षमान

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए ।
पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरुको डिजाइनमा काँग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको गरेको आरोप लगाए । सरकारले जनताको पक्षमा काम गरेकै कारण सरबारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको उनको भनाइ थियो ।
पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे । अब एकताबद्ध भएर सडक र सदनबाट संघर्ष गर्ने उनले बताए । ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, पुनले भने, ‘हामी जनताको एजेण्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं ।’
मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरुसँग संघर्ष गर्नेहरुबीचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे । ‘बिचौलियाहरुको पक्षमा सरकार छ । हामी तिनीहरुलाई पराजित गर्नुपर्ने पक्षमा छौं ।
हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं’, पुनले भने, माओवादीले सरकार छाडेपछि पनि हाम्रो पंक्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकांक्षाका अनुसार काम गरेका छौं ।’
पुनले सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरु एकातिर र आफूहरु अर्कोतिरजस्तो भएको बताए । माओवादी पनि पुराना पार्टीहरुजस्तै भयो भन्ने गुनासाहरु थिए र खबरदारीहरु रहेको भन्दै उनले आफूहरुका अगाडि काँग्रेस–एमालेभन्दा फरक हौं भन्ने मौका आएको तर्क गरे ।
‘अब हामीलाई पुराना पार्टीहरुभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौं’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित वर्गको आवाज र एजेण्डाको नेतृत्व हामी गर्छौं ।’ एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरे ।
सत्ताधारीप्रति जनतामा बढेको वितुष्णा र असन्तुष्टिलाई भड्काएर प्रतिगमनतिर लैजाने प्रयासमा एकथरि शक्ति लागेको पुनले बताए । फरक प्रसंगमा उनले अबको राजनीतिको मात्र नभई राष्ट्रिय जीवनका सबै क्षेत्र तथा सामाजिक–आर्थिक आन्दोलनको नेतृत्व युवाहरुको हातमा जाने बताए ।

















सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका महासचिव कट्टेल पक्राउ
एमाले देश बिगार्ने पार्टी हाेइन : नेता पोखरेल
देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने
राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
प्रतिक्रिया