खानेपानी संस्था बर्दिवासको संसोधित विधान र साधारणसभा अवैधानिक रहेको ठहर

महोत्तरी । बर्दिवास खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संसोधित विधान र साधारणसभालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले खारेज गरिदिएको छ ।
संस्थाको विधान २०५७ को दोश्रो संशोधन २०६३ को दफा ६ अनुसार गरिएको भनिएको साधारणसभा र दफा ११ वम्मोजिम संशोधन गरिएको भनिएको विधानलाई नियमसंगत नभएको भन्दै खारेज गरिदिएको हो ।
बिशेष साधारणसभाको नाममा २७ चैत्र २०८० मा गरिएको निर्णयसहित सवै विषयहरु खारेज गरेको जानकारी गराउदै प्रशासन कार्यालयले दोश्रो संशोधन विधान २०६३ अनुसार कामकारवाही गर्न पत्राचार गरेको छ ।
विधान संसोधन गरेर यसअघि गरिएका कामहरु समेत अवैधानिक देखिएका छन । जिल्ला प्रशासन कार्यालयको निर्णयले अदालतको वाटो खुल्ला भएको र यही आधार लिएर मुद्दा प्रक्रियामा समेत जाने निर्वाचित कोषाध्यक्ष भोज प्रसाद फुयालले वताए ।
संसोधित विधानमा कोषाध्यक्षको हस्ताक्षरलाई अनिवार्यवाट हटाएर निर्वाचित सदस्यको समेत हस्ताक्षर गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
‘२०५७ को दोशो संशोधन २०६३ नै जिल्ला प्रशासन कार्यालयले वैधानिक ठहर गरेपछि वलमिच्याई ढंगले गरेको संशोधन गरिएको विधान २०८० लाई टेकेर गरिएका अहिलेसम्मका सवै कामकारवाही अवैधानिक नै देखिएको छ ।’ निर्वाचित सचिव उदय भण्डारीले भने । ‘ अव उपभोक्ताहरु त्याँहाभित्र भएका बेथितिहरुको बिषयमा जागरुक हुनुपर्छ ।’
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया