व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीकाे आग्रह

काठमाडाैं । सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या गरिएकामा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका प्रवक्ता मनोजकुमार शाहका अनुसार लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । सो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएको भन्दै महासङ्घले मुलुकको सुरक्षा व्यवस्था र व्यावसायिक सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि नचिनेका मानिसहरुले अमिता ज्वेलर्समा रहेको सुनचाँदी र नगद पनि लुटपाट गरेका थिए । महासङ्घले यस्ता घटना दोहोरिन नदिन सरकारसँग आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया