अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ ।
शाहलाई सेप्टेम्बर ३ मा अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार गरेको अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कले उल्लेख गरेको छ ।
अदालतमा पेश गरिएको विवरणमा शाह भारतीय मूलको रहेको र उनको जन्मस्थान भने स्पष्ट रहेको छैन । उनको हाल अमेरिकी नागरिकता समेत नरहेको बताइएको छ । लुटपाटको उद्धेश्यले बबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ ।
उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ । ५१ बर्षिय शाहलाई प्रहरीले तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो ।
शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।
नेपालमा भोजपुरकी २१ बर्षिय पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।










आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया