प्रिमियम लक्जरी इभी ‘जिकर एक्स’ नेपालमा सार्वजनिक

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ‘जिकर एक्स’ नेपालमा सार्वजनिक गरेको छ।
काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त इभी सार्वजनिक गरिएको हो।
जिकर, चीनको गिलि होल्डिङ ग्रूपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एशियाका रिजनल डिरेक्टर फेलिक्स हू, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रूपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीप कुमार शारडासहित अन्य सहभागीहरूको उपस्थिति थियो ।
कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरिएको थियो । पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियो ।
जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी भएको कम्पनीले बताएको छ ।
















खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया