यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर ‘बिगेस्ट १०शैं’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालिको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ ।
‘बिगेस्ट १०शैं’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक उपहार प्राप्त गर्नु हुनेछ ।

‘नेपालीहरूको महान चाड दशैंलाई हामी बडादशैं पनि भन्छौं। बडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालिको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ’, यामाहा नेपालका सीईओ श्री संजीव शुक्लाले भने ।
यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ । यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ई.एम.आई. र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ ।
एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा गरिएको छ ।
नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी हो । दशकौं अघि स्थापित यामाहाले मोटरसाइकल उद्योगमा विश्वव्यापी अग्रणीको रूपमा आफूलाई स्थापित गरेको छ । आफ्नो इन्जिनियरिङ उत्कृष्टता, इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागि यामाहा प्रसिद्ध छ ।
नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपाल नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि हो । यसका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन् ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया