किसानलाई व्यावसायिक तथा प्राविधिक पशुपालन तालिम

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा पशुपालक किसानलाई व्यावसायिक तथा प्राविधिक पशुपालन तालिम प्रदान गरिएको छ । पालिकामा दूध र मासु उत्पादन बढाउन किसानलाई थप व्यावसायिक बनाउँदै लैजाउनुपर्ने भएकाले विज्ञ पशुचिकित्सक बोलाएर तालिम सञ्चालन गरिएको गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
“दैनिक जीविकोपार्जनका लागि घरमा वर्षौंदेखि पशुपालन गर्दै आएका किसान छनोट गरेर तालिम दिइएको छ”, उनले भने, “पशुबस्तुको राम्रो स्याहारसुसार गर्न नजान्दा किसानले पर्याप्त लाभ लिन नसकेकाले विज्ञ पशु चिकित्सकमार्फत तालिम प्रदान गरिएको हो ।” तालिमबाट किसानले पशुवस्तुको हेरचाह र सामान्य रोगको पहिचान तथा प्राथमिक उपचारकाबारेमा जानकारी लिएका छन् ।
त्यस्तै नश्ल गुणस्तर पहिचान, पशुबस्तुका लागि आवश्यक पर्ने सन्तुलित आहार बनाउने तरिकालगायत विषयमा पनि तालिमका माध्यमबाट किसानलाई जानकारी प्रदान गराइएको उनको भनाइ छ । तालिममा पशुविज्ञ चिकित्सक डा कमलेश्वर भट्टलगायतले सहभागी किसानलाई सहजीकरण गर्नुभएको हो । तालिममा गाउँपालिकाअन्तर्गत वडा नं ७ र ८ का ५० जनाभन्दा बढी पशुपालक किसानको सहभागिता थियो ।
गाउँघरमा प्रायः देखिने खोरेत, लम्पीस्किन, थुनेलो, पड्के आदि रोगबाट पशुबस्तुलाई जोगाउन र रोग लागेमा उपचारका लागि किसानले ध्यान दिनुपर्ने विषयमा विज्ञहरुले तालिममार्फत किसानलाई सचेत गराएका छन् । विज्ञले किसानलाई गोठमा रहेका रोगी र निरोगी पशुको पहिचान गर्न सिकाइएको तालिममा सहभागी हुनुभएका पशुपालक किसान शरण श्रेष्ठले बताए ।
पशुबस्तुका लागि खोपको महत्व र पशु बीमा आवश्यकता बारेमा सचेतनाले तालिम प्रभावकारी भएको उहाँको भनाइ छ । युवा शक्ति समाज रुपान्तरणको सहयोग तथा मिलनसार युवा क्लबको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया