प्रदेशलाई पूर्णअधिकार दिए काम गर्न सहज हुन्थ्योः मुख्यमन्त्री सिंह

वीरगञ्ज (पर्सा)। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रदेशलाई पूर्णअधिकार दिएको खण्डमा सहज ढङ्गले काम गर्न सकिने बताएका छन् ।
वीरगञ्जमा आज आयोजित न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको अधिकारको सम्बन्धमा पूर्णअधिकार नहुँदा काममा बाधा अड्चन आएको गुनासो गरे।
“सङ्घीय सरकारसँग लामो समयदेखि संवाद भएपनि अझै पनि मधेस सरकारले चाहेजस्तो अधिकार प्राप्त नहुँदा काम गर्न असहज भइरहेको छ”, उनले भने, “सङ्घीय सरकारले प्रदेशको अधिकारको विषयमा पक्कै पनि अब सहज वातावरण बनाएदिए हुन्थ्यो ।” मुख्यमन्त्री सिंहले संविधान जारी भएको लामो समय बित्दा पनि प्रदेश सरकारले पूर्ण अधिकार प्राप्त गर्न नसकेको गुनासो गरे ।
“प्रदेश सरकार गठन भएको सात वर्ष बितिसक्दा सङ्घीय सरकारले प्रदेशलाई पूर्णअधिकार दिएको छैन । यद्यपि अधिकारको अभावमा निराश नभई उपलब्ध अधिकारको सही सदुपयोग गर्दै हामी प्रदेशलाई समृद्ध बनाउन लागि रहेका छौँ”, उनले भने, “सङ्घीय सरकारले पक्कै छिट्टै प्रदेशको कानुनी समस्यालाई सम्बोधन गर्ने आशा व्यक्त गरे।”
मुख्यमन्त्री सिंहले वीरगञ्जलाई देशकै प्रमुख आर्थिक तथा औद्योगिक नगरी भएको भएकाले पनि प्रदेश सरकारले पनि यसको लाभ लिने गरी काम गर्नुपर्ने बताए। “प्रदेशको समृद्धिका लागि उद्योगी र व्यवसायीसँग सहकार्य गरेर आर्थिक क्रान्ति सुरु गरिने र यसबाट मधेसको समृद्धि सुनिश्चित गर्ने गरी आवश्यक योजना र तर्जुमा गरिनेछ”, उनले भने, “प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न चाहान्छ ।”
सोही अवसरमा मुख्यमन्त्री सिंहले प्रदेशको विकास र समृद्धिको लागि पनि मिडियाले प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।
















मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया