काठमाडौंमा ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ सुरु, उत्कृष्ट फार्मलाई १० लाख पुरस्कार

काठमाडौँ । काठमाडौँमा ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ सुरु भएको छ । रोयल इभेन्टस् नेपाल र अल नेपाल फार्मको संयुक्त आयोजनामा महोत्सव शनिबारदेखि सुरु भएकाे हो ।
जुम्ला, मुस्ताङ र बाजुरा जिल्लाका १ सय पालिका भन्दा बढी किसानहरुबाट स्याउ आयात गरेर महोत्सवको आयोजना गरिएको हो । स्थानीय सरकारले गुणस्तरीय स्याउ पठाउन सहयोग र समन्वय गरेमा उत्कृष्ट फार्मलाई १० लाख रुपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरेको छ ।
नेपाली स्याउको उत्पादन वृद्धि गर्नु, देश तथा विदेशमा नेपाली स्याउप्रतिको आकर्षण बढाउनु, नेपाली किसानलाई प्रोत्साहित गर्नु र उपभोक्तालाई विषादीरहित स्याउको पहुँच पुर्याउनु यस उत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
‘नेपालमा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन यो महोत्सव गर्न खोजेका हौं ।’ रोयल इभेन्टस् नेपालका अमृत शाही ठकुरीले भने, ‘नेपालमा स्याउ उत्पादन हुने सम्भावित जिल्लालाई ‘एप्पल टुरिज्म’ का रुपमा विकास गर्न हामी अभियान चलाउनेछौं ।’ हाल नेपालमा वार्षिक करिब १७ अर्ब रुपैयाँ बराबरको स्याउ विदेशबाट आयात हुँदै आउनु उनले दुखद् भएको बताए । नेपालमै प्रशस्त सम्भावना भएकाले बाहिरबाट आयातमा न्युनिकरण गर्न यस महोत्सवले भूमिका खेल्ने ठकुरीकाे भनाइ छ।
महोत्सव अंग्रेजी नयाँ वर्ष २०२५ सम्म चल्नेछ ।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया