शुक्रबार, चैत ६, २०८२

ज्योति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब’ मा २० प्रतिशत छुट

मेरोन्यूज २०८१ भदौ २२ गते १६:३५

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ सँग सम्झाैता गरेकाे छ । उक्त सम्झाैताअनुसार अब ज्याेति विकास बैंकका ग्राहकहरूलाई ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २०% सम्मको विशेष छुट प्रदान हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurence

हालै बैंकले ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसालिटी क्लिनिक एन्ड डाइग्नाेस्टिक सेन्टरमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

यसका साथै बैंकले काठमाडौँस्थित प्रख्यात ‘ट्रान्क्विलिटी स्पा’ का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । यसैगरी, बैंकले टिस्टुङ रिसाेर्टमा १५% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै आइरहेकाे छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सधैं उच्च प्राथमिकतामा राखेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया