दशैंतिहारको अवसरमा बजाजले ल्यायो ‘क्यास सफारी’ अफर

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ ।
नेपालीहरूको महान चाड बडा दशैंतिहार र छठको अवसरमा यस्तो स्किम ल्याएकाे हाे ।
‘हातहातमा हात्ती, लकमा लखपति’ को सन्देशसहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले हरेक बजाजको खरिदमा स्योर सट रूपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् ।
कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले ग्राहकहरूलाई फरक किसिमको अनुभव प्रदान गर्न यस्ताे किसिमकाे स्किम ल्याएकाे जानकारी दिए ।
बजाजले ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५०% डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।















वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया