मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।
भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने बताए ।
उनले ध्वनि लिपीका रूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने उल्लेख गर्दै अगाडि भने, भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ । व्यक्तिले आफ्नो मातृभाषामा अनुभूतिहरू गर्न पाउनु पर्छ ।
सो अवसरमा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने बताएका छन् । मन्त्री पाण्डेले भने, मैले मन्त्रालयको बारेका बुझिसकेको छु। अब संस्कृति,पर्यटन र नागरिक उड्डयनको क्षेत्र अब सुधारका लागि काम अगाडि बढाउँछु ।
मन्त्री पाण्डेले आफूले सत्य निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका वेथितिहरू सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया