दशैंमा सीजीको सामान खरिदमा ‘डब्बल खुसी’

काठमाडौँ । सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्येक सामानहरुको खररदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।
यस योजना अन्तर्गत, सीजी तथा सीजी मेरिडियाका सामानहरुको खरिदमा ६०,५०० रुपैयाँ सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ ।
यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन् :
–सीजी टि.भी. ६५” र ७५” र सीजी क्यूलेड (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री
–सीजी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री
–सीजी रेफ्रिजरेटर (साइड बाई साइड / मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री
–सीजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री
–सीजी फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री
–सीजी सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री
–सीजी डिशवाशर को खरिदमा डिशवाशर किट फ्री
यस अफरमा ग्राहकहरूले सीजी टि.भी. (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिनेछ । त्यस्तै, यो योजना अन्तरर्गत सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्नेछन् ।
त्यसैगरी, सीजीले आफ्ना ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्नेछ । यो योजना भादौ २३ देखि नेपालभर सीमित अवधिको लागि देशभर लागू हुने कम्पनीले जनाएकाे छ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया