भारतको दार्जिलिङमा ८ नेपाली सम्मानित

रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ ।
आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण्डो नेपाल फ्रेन्डशिप पुरस्कारसहित सम्मानित गरिएको हो । महानंद सरकारको अध्यक्षता तथा ग्लोबल ह्युमन राइट प्रोटेक्शन फाउंडेशन रिसर्च इन्स्टिच्युटद्वारा आयोजित पुरस्कार समारोहको प्रमुख अतिथिमा समाजसेवी अशोक अग्रवाल रहेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि अग्रवालले ग्लोबल ह्युमन राइट प्रोटेक्शन फाउन्डेशन समाजको विभिन्न क्षेत्रमा काम गरिरहेको बताएका थिए । फाउन्डेसन मानव अधिकार, महिला माथी अत्याचार, कोविडको संकटको समयमा मानवीय सेवा प्रदान गरेको थियो ।
इण्डो-नेपाल फ्रेण्डशिप पुरस्कार जनकपुरका पत्रकार मिश्री लाल मधुकर, पूर्व प्रदेश सांसद नेत्र बिक्रम साह, महिला नेत्री तथा समाज सेविका सुनीता साह (क्रान्ति) डाक्टर नवल किशोर साह, डाक्टर अनिशा अछामी, युवा अभियन्ता समोद कुमार साह, समाजसेवी कामेश्वर साह, महमद अनवर अली लाई प्रशंसा पत्र,मेडल प्रदान गर्नुका साथै खाँदा ओढाएर सम्मानित गरिएको थियो ।













सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया