‘सङ्खुवासभावासीको विकासप्रतिको चाहना पूरा गर्छाैं’

चैनपुर (सङ्खुवासभा)। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख) ले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काको सम्मानमा चैनपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले विकासको हिसाबले पछि परेको सङ्खुवासभालाई अगाडि लैजान प्रतिबद्ध भएर लाग्ने बताएका हुन् ।
“वर्तमान सरकार समृद्ध मुलुक निर्माण गर्ने अभियानमा छ, उक्त अभियानमा सङ्खुवासभा छुट्दैन,” उनले भने । सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने निर्णय सरकारले गरिसकेको उनले जानकार दिए ।
ऊर्जामन्त्री खड्काले जलस्रोतको धनी जिल्ला सङ्खुवासभामा पर्यटन र कृषिमा समेत उत्तिकै सम्भावना रहेको उल्लेख गरे । सङ्खुवासभाको विद्युत्को सदुपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने मन्त्री खड्काको भनाइ छ । “निराशा हुने होइन, आश जगाएर अगाडि बढेमात्र सङ्खुवासभाको विकास हुन्छ,” उनले भने ।
उनले गरिब र विपन्न वर्गलाई सम्पन्न नबनाई मुलुक सम्पन्न नहुने भएकाले उनीहरुलाई सम्पन्न बनाउने गरी सरकारले काम सुरु गरेको बताए । जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले सङ्खुवासभा जलस्रोतको भण्डार र ऊर्जाको सम्भावना भएको जिल्ला भएकाले यसको सही सदुपयोग गर्नुपर्ने बताए । उनले जलविद्युत्सँगै पर्यटन र कृषिको विकास गर्नसके सङ्खुवासभाले आर्थिक विकासमा फड्को मार्ने उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सङ्खुवासभामा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको बताए । उनले सङ्खुवासभाका ९० प्रतिशत भुभागमा विद्युतीकरण भएकाले बाँकी क्षेत्रमा पनि चाँडो विद्युत् विस्तार गरिरहेको जानकारी दिए । सङ्खुवासभाको भाग्य र भविष्य ऊर्जा क्षेत्रमा भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख) का सभापति दीपेन्द्रमान शाक्य, उपसभापति लोकबहादुर लिम्बूलगायतले समृद्ध सङ्खुवासभा निर्माणका लागि नवनियुक्त ऊर्जामन्त्रीले काम गर्ने विश्वास व्यक्त गरे । उनीहरुले जिल्लाको जलविद्युत् क्षेत्रको विकास, तालको संरक्षण, सौर्यबत्तीको जडान, पर्यटक क्षेत्रको विकास, खानेपानी विकास, कोशी राजमार्गको विस्तार, अस्पतालको क्षमता अभिवृद्धिलगायत माग राखेका थिए ।













रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया