मंगलबार, फागुन ५, २०८२

राजदुत नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

मेरोन्यूज २०८१ भदौ २६ गते १९:३७

रौतहट । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै गरेको राजदूत नियुक्तिको माग गर्दै जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीको निर्धारित कार्यक्रम अनुसार मधेश प्रदेशको ८ वटै जिल्लामा एकै साथ ज्ञापन पत्र बुझाइएको हो। नेपाल सरकारले नियुक्ति गरेका १८ देशका राजदुत नियुक्ति संबिधानको मर्म तथा भावना बिपरित रहेको र सरकारले बिगतमा गरेको सम्झौताको मजाख उडाएकाले  बदरको  माग गर्दै  ज्ञापन पत्र बुझाइएको जसपा रौतहटका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले बताएका छन् ।

सहायक सिडिओ नरेश प्रसाद यादवलाइ बुझाइएको ज्ञापन पत्रमा राजदुत नियुक्ती अविलम्ब खारेज गरी समानुपातिक समाबेशीको आधारमा सबै समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनेगरी पुनः नियुक्ती गर्न  माग गरिएको छ।

बर्तमान सरकारले एउटै समुदायका व्यक्तिलाई राजदुतमा नियुक्ती गरेर एकल जातीय राज्य बनाउने दुरसाहस गरेको ज्ञापनपत्र मार्फत आरोप लगाईएको छ।

समाबेशी सिधान्तको आधारमा राज्यको हरेक अंग, तह, र निकायमा मधेशी, जनजाती, दलित, महिला, थारु, मुस्लिम, पिछडा बर्ग लगायतका समुदायको समानुपातिक समाबेशी सिधान्तमा आधारित संबैधानिक अधिकारको पालना गर्नु पर्नेमा सो बिपरित नेपाल सरकारले असमाबेशी असंबैधानिक राजदुत नियुक्ती गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

२०६४ भाद्र १३ गते तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल र नेपाल सरकार बीच भएको २२ बुन्दे सम्झौता तथा २०६४ फाल्गुन १६ मा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकार बीच भएको ८ बुन्दे सम्झौता अनुसार सरकारले राज्यका सम्पूर्ण संरचनाहरुको सबै अंग र तहका साथै शक्ति साधन र स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व गर्नु पर्नेमा अहिले नेपाल सरकारले गरेका १८ देशका राजदुत न्युक्तिमा सम्झौता बिपरित रहेकोले खारेज गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्रीलाइ बुझाइएको ज्ञापन पत्रमा मधेश कृषि बिश्व बिधालय राजविराज र मधेश बिश्व बिधालय बिरगंजलाइ प्रयाप्त बजेट विनियोजन गर्न माग गरिएको छ। प्रदेश सरकारले आर्थिक बर्ष २०८१/ ०८२ मा विनियोजन गरिएको १० लाख रुपैयाँ अपुग रहेको तथा खिल्ली उडाउने काम भएको भनिएको छ।

ज्ञापन पत्र बुझाउने टोलीमा जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, गरुडाका मेयर प्रत्याशी अनिल कुमार यादव,बिश्वनाथ पटेल, किरण ठाकुर, बिरेन्द्र यादव, राजकुमार दास तत्मा, जयराम महतो, बिधार्थी नेता ललन यादव, पुनित पटेल, आशिस लामा सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया