आज मन्त्रिपरिषद् बैठक बस्दै : लगानी बाेर्डकाे सिइओ छान्ने सम्भावना

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको छ । साँझ ६:३० बजे बोलाइएको बैठकमा लगानी बाेर्डकाे सिइओ छनाैट तथा सहसचिवहरुकाे सरुवालगायतका एजेन्डा रहने सम्भावना छ । आजको बैठकमा तीन दर्जन सहसचिवकाे सरुवाकाे तयारी छ ।
स्रोतका अनुसार सहसचिव सरुवाकाे सूचीलाई अन्तिम रुप दिने गृहकार्य चलिरहेको छ । यस्तै आजको बैठकमा लगानी बाेर्डकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनाैट गर्ने समेत तयारी रहेकाे छ । छनाैट सूचिमा रहेका पाँच जनाकाे गत मंगलबार अन्तर्वार्ता र प्रस्तुतिपछि तीन जनाकाे नाम छनाैट भइ मन्त्रिपरिषदमा प्रस्ताव पुगेको छ ।
छनाैटमा सूचीकृत भएकाहरुमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र काठमाडौंका भीष्मराज ढुंगाना छन् ।
सूचीकरणमा परेका पाँच जनामध्ये ढुंगाना, काफ्ले र ज्ञवालीबिच सिइओ बन्न तिब्र प्रतिस्पर्धा हुने ठानिएको छ । ज्ञवाली र ढुंगाना एमाले निकट मानिन्छन् भने काफ्ले कांग्रेस निकट मानिन्छन् । कांग्रेस र एमाले दुबैले सो पदमा आफु निकटलाई सिइओ बनाउन लबिङ गरिरहेका छन् । त्यसमा सहमति जुटेमा आजै बोर्डले सिइओ पाउनेछ ।













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया