राष्ट्रिय सभाका दुई समितिका सभापतिको निर्वाचन सोमबार

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको छ । उम्मेदवारको मनोनयन दर्ता भदौ ३० गते आइतबार हुने छ ।
सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिमा रिक्त रहेका सभापति पदका निर्वाचन हुन लागेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार आइतबार बिहान १०:३० देखि अपराह्न १२:३० सम्म ‘राष्ट्रिय सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति निर्वाचित गरियोस्’ प्रस्ताव दर्ता हुने छ ।
प्रस्ताव राष्ट्रिय सभाका सचिवको कार्यकक्षमा दर्ता हुने छ ।दर्ता भएका प्रस्तावको दर्ता क्रम अनुसारको सूची आइतबार अपराह्न १ बजे प्रकाशन हुने छ । सोमबार सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने छ । सोपछि प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरिने छ । उम्मेदवारीको प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्न समितिको बैठक सोमबार अपराह्न १ बजेका लागि निर्धारण गरिएको छ ।
विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति मायाप्रसाद शर्माको कार्यकाल गत भदौ २३ गते सकिएपछि दुवै पदमा निर्वाचन हुन लागेको हो ।












६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया