राष्ट्रिय सभाका दुई समितिका सभापतिको निर्वाचन सोमबार

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको छ । उम्मेदवारको मनोनयन दर्ता भदौ ३० गते आइतबार हुने छ ।
सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिमा रिक्त रहेका सभापति पदका निर्वाचन हुन लागेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार आइतबार बिहान १०:३० देखि अपराह्न १२:३० सम्म ‘राष्ट्रिय सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति निर्वाचित गरियोस्’ प्रस्ताव दर्ता हुने छ ।
प्रस्ताव राष्ट्रिय सभाका सचिवको कार्यकक्षमा दर्ता हुने छ ।दर्ता भएका प्रस्तावको दर्ता क्रम अनुसारको सूची आइतबार अपराह्न १ बजे प्रकाशन हुने छ । सोमबार सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने छ । सोपछि प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरिने छ । उम्मेदवारीको प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्न समितिको बैठक सोमबार अपराह्न १ बजेका लागि निर्धारण गरिएको छ ।
विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति मायाप्रसाद शर्माको कार्यकाल गत भदौ २३ गते सकिएपछि दुवै पदमा निर्वाचन हुन लागेको हो ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रतिक्रिया